काठमाडौं । पश्चिमी वायुको प्रभाव नेपालमा अहिलेसम्म पनि रहेको छ । आज दिनभर र भोलि पनि मौसम बदली हुने मौसमविदले बताएका छन् । बिहानैदेखि केही ठाउँमा पानी परेको छ । मौसम बदली हुँदा चैते दशैँ र नयाँ वर्ष मनाउन हिँडेकाहरु प्रभावित भएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य, पश्चिम र पूर्वी क्षेत्रमा भोलिसम्मै मौसम बदली हुनेछ ।

वर्षा गराउने बादल सक्रिय भएकाले केही क्षेत्रमा सामान्य पानी पर्ने र ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले जनाएको छ । तराईमा सामान्य बदली र पहाडका केही ठाउँमा पानी पर्ने मौसमविद सुजन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी र मध्य तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ । सप्तरी, मोरङ, झापा, बारालगायतका जिल्लाका केही क्षेत्रमा हावाहुरी चल्ने भएकाले सर्तक रहन मौसमविद्ले आग्रह गरेका छन् ।

चैत्र ३० गते (शनिबार): दिउँसोः  देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राति: देशको पहाडी भु-भागमा आंसिक देखि सामान्य बदली रहि बांकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भु-भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

बैशाख १ गते (आइतबार): दिउँसोः  देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । साथै पूर्वी र मध्य तराईका केहि स्थानहरुमा हावाहुरीको  सम्भावना पनि छ ।

राति: देशको पूर्वी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

बैशाख २ गते (सोमबार): दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राति: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका केहि स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

सम्बन्धित खबरहरु