एजेन्सी। आजबाट विक्रम सम्वत २०७६ साल अर्थात नेपाली नयाँ बर्षको सुरुवात भइसकेको छ । यस अवसरमा धेरैले नयाँ कामको सुरुवात, नयाँ संकल्प, केही विशेष काम गरेर यस दिनलाई बिशेष बनाउने गरिन्छ । यद्यपी, यस्ता सात काम छन्, जुन तपाईले आजको दिन नगर्नु भए पुरै बर्ष राम्रो बन्नसक्छ ।

खाली हात – नयाँ बर्षको पहिलो दिन कोही भिखारी वा माग्ने, साधु–सन्तु, जोगी आदिलाई खाली हात नफर्काउनुहोस् । सानो–चिनो भएपनि दिएर मात्रै पठाउनुहोस् ।

विवाद – कसैको सानो कुरामा विवाद गर्ने बानी हुन्छ । यो राम्रो स्वाभाव हुँदै होइन, तर तपाई आफैँ त्यस्ता नकारात्मक कुराबाट टाढा रहनुहोस् । कसैसँग पनि आजको दिन वादविवाद नगर्नुहोस् । मनलाई शान्त बनाउनुहोस् ।

अग्रजको अपमान – आफूभन्दा अग्रज व्यक्तिको अपमान नगर्नूहोस् । तपाई आफ्नो परिवारको सबैभन्दा अग्रज हजुरबा–हजुरआमा वा बुबा–आमालाई नयाँ बर्षको शुभकामनाका साथ ढोग्नुहोस् र आर्शिवाद लिनुहोस् । यसले तपाईको खुशीलाई दुई गुणा बढाई दिन्छ ।

मन – नयाँ बर्षको सुरुवातमा कसैको मन नदुखाउनुहोस् । अन्जानमै कसैलाई मन दुखाउन पुगेमा तत्कालै क्षमा मागेर खुशीमा परिणत गर्न सक्नुहुन्छ ।

नशालु पदार्थ – आजको दिन नशालु पेय पदार्थ पिउनु भएमा लक्ष्मीको कृपा नमिल्ने धार्मिक विश्वास छ ।

भेदभाव – नयाँ बर्षको उपहार दिने क्रममा कसैलाई पनि भेदभाव नगर्नुहोस् । यसो गर्नाले परिवारमा एकता हराएर जान सक्छ ।

जुवा – आजको दिन जुवा नखेल्नुहोस् । यसले सम्मान घटाउँछ र लक्ष्मी देवीको कृपा पनि रहदैन ।

सम्बन्धित खबरहरु