काठमाडौं । नयाँ वर्षको आगमनसँगै नेपाली सेनाले नयाँ कार्यक्रमको थालनी गरेको छ । डोटीको सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले बृक्षारोपण गर्दै ‘ग्रो ग्रीन’ कार्यक्रम सुरु गरेको हो । नयाँ बर्ष २०७६ सालको अवसरमा रुद्धध्वज गणले एक सिपाहीले कम्तीमा एक विरुवा रोप्ने लक्ष्यसहित गो ग्रिन कार्यक्रम सुरु गरेको जनाएको छ ।

गणले सिलगढी व्यारेक, बारुद खाना र सुरक्षा गुल्म पैया भञ्ज्याभित्र विभिन्न जातका तीन सय बोटबिरुवा रोपेको पनि बताएको छ । आइतवार तीन सय बिरुवा रोपिएको र अब असारमा थप विरुवा रोपिने रुद्धध्वज गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो वार्षिक कार्यक्रमअनुसार हामीले नयाँ वर्षको अवसरमा ‘गो ग्रस्न’ कार्यक्रमको शुभारम्भ गरेका छौं ।

अहिलेको सिजनमा रोप्न मिल्ने विरुवामात्रै रोपेका छौं, बाँकी असारमा रोप्छौं ।’ यस अभियानलाई निरन्तरता दिन सबैले आआफ्नो क्षेत्रमा सहयोग गर्ने विश्वास लिएको उहाँले बताउनुभयो । पछिल्लो समय जलवायु परिवर्तनसँग जुधिरहेको नेपालले वातावरण संरक्षणमा महत्वपुर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित खबरहरु