काठमाडौं । नयाँ सुरुवातसँगै नेपालमा खराब सुरुवात भएको छ । आज बिहानै विमान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो । यो बिचमा अहिले मौस पुर्ण रुपमा खराब भएको छ । काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा वर्षा भएको छ । मध्य तथा पश्चिम क्षेत्रमा वर्षा यत्तिसम्म बढ्यो कि कल्पना भन्दा बाहिर गएको छ ।

आइतवार दिउँसो २ बजेबाट बाग्लुङमा परेको भीषण असिनापानीले स्थानीय त्रसित र आतंकित बनाएको छ । बाग्लुङको गौंदीखोला आसपासमा बाढीले खेत बगाएको स्थानीय गुमानसिह बुढाथोकीले जानकारी दिनु भएको छ । दुदिलाभाटी अंग्रेजी स्कूल सहित स्थानीय ईश्वर बुढाथोकी , १ नम्बर वार्ड अध्यक्ष नेत्रबहादुर बुढाथोकी, होमबहादुर नेपालीको घरमा बाढी पसेको स्थानीयले बताएका छन् ।

दुदिलाभाटी उपस्वास्थ्य चौकीमा पनि बाढी पसेको बुढाथोकीले जानकारी दिनुभयो । गौदीखोलाले हटिया प्रहरी चौकी नजिकै रहेको पुल पनि बगाएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । उक्त क्षेत्रमा भारी मात्रामा वर्षा र असिना परेको हुँनाले ठुलो जनधनको क्षति भएको आशंका गरिएको छ ।

सम्बन्धित खबरहरु