मुम्बई । पछिल्लो पुस्ताका बिच चर्चामा रहेकी बलिउड अभिनेत्री आलिया भट्टबारे नयाँ रहस्य खुलेको छ । अहिले भारतमा आम निर्वाचनको चुनावी माहौल छ । बलिउड सेलिब्रिटीका पनि थुप्रै सन्तान लोकसभा चुनाव २०१९ मा पहिलो पटक भोट गर्न गइरहेका छन । यसैबीच कलंककी स्टार कास्टलाई पनि उनीहरुले मानिसहरुलाई मताधिकारबारे कसरी जागरुक गराउँछन् भन्ने प्रश्न सोध्दा आलिया भट्टले यसबारे खुलेर बोलेपछि उनका बारेमा नयाँ रहस्यको पर्दाफाँस भएको हो ।

दैनिक भास्कारमा अनुसार उनले इन्डिया टुडेसँगको एक अन्तर्वार्तामा उनले आफु यो निर्वाचनमा भोट दिन योग्य नभएको बताएकी हुन् । उनले भनिन, ‘म भोट हाल्न सक्दिनँ, यसको कारण हो पासपोर्ट ।’ आलियालाई यही प्रश्न पछिल्लो लोकसभा चुनावको क्रममा पनि सोधिएको थियो । तब उनले दोहोरो नागरिकता लिएको बताएकी थिइन् । यद्यपि, भारतमा दोहोरो नागरिकता दिने प्रावधान छैन । एजेन्सी

सम्बन्धित खबरहरु