काठमाडौं । केही दिन पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने कुरा गर्नेहरुले बच्चाहरुको हातबाट ढुंगाले खाने जनाउनु भएको थियो । यो बिचमा प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । आइतबार प्रधानमन्त्री ओलीले विपक्षी दलहरुतर्फ संकेत गर्दै सरकार ढाल्ने कुरा गरेमा ढुंगा र लौरो खाने भन्नु भएको थियो । बुढाबुढीले सुन्ने गरी आन्दोलन गर्छु भने लठ्ठी लगाउने र केटाकेटी छेउमा भने ढुंगा हान्ने तर्क गर्नुभएको थियो ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले भन्नुभयो, ‘प्रधानमन्त्रीले जे भन्नु भएको छ, त्यो आपत्तिजनक छ, घोर भत्सना गर्दछौं ।’ प्रधानमन्त्रीले निर्देशन दिँदा पनि सत्तारुढ दलको कार्यकर्ता अरिंगाल नबनेको भन्दै उहाँले धन्यवाद दिनु भएको छ । कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साएको उहाँको आरोप छ ।

सम्बन्धित खबरहरु