काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै नेपालमा विमान दुर्घटनाको खबर सार्वजनिक भएको छ । आज एक सानो हेलिकोप्टरले दुई जहाजलाई ठक्कर दिदा तीन जनाको ज्यान गएको छ भने अरु तीन जना घाइते भएका छन् । नेपालको यो दुर्घटना विदेशी सञ्चारमाध्यमहरुमा पनि प्रमुख बनेको छ ।

नेपालको हवाई क्षेत्र असुरक्षित भएको कुरामा विदेशीहरु शंका गर्दै आएका छन् । यो बिचमा विश्वको सर्वोच्व शिखर सगरमाथाको आधार शिविर मानिएको लुक्ला विमानस्थलमा विमान दुर्घटना भएको घटनाले विश्व समुदायका बिच नेपालको छवी फेरि खराब बन्न सक्ने जानकारहरु बताउँछन् ।

समाचार एजेन्सी एएफपीले लुक्लालाई विश्वको सबैभन्दा खत्तरानाक विमानस्थलहरुमा एक भनेको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणको पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ । तर, लुक्लामा भएको घटनाको नेपालको यो अभियानमा असर पर्छ कि भन्ने एक थरी मान्यता रहेको छ ।

उक्त दुर्घटनामा पाइलट, को–पाइलट र एक जना प्रहरी अधिकारीको ज्यान गएको छ । विमान टेक अफ गर्दा चिप्लेर अन्य दुई जहाजसँग ठोक्कीएको जनाइएको छ । तर, के कारणले दुर्घटना भएको त्यो कुरा अहिले पनि अनुसन्धानमा रहेको हुनाले भन्न सक्ने अवस्था छैन तर सामान्य रुपमा हेर्दा त्यस्तो देखिएको छ ।

लुक्ला नेपालको पर्यटन व्यवसायमा लागि एक महत्वपुर्ण मेरुदण्ड हो यहाँ हजारौको संख्यामा पर्वतारोही प्रत्येक वर्ष सगरमाथा अवोलकन गर्नको लागि आउँने गर्छन । यो विमानस्थल अहिले निकै व्यस्त रहने गर्छन, किनभने बसन्त ऋतु हिमाल चढ्नेहरुको लागि विशेष समय हो । एएफपीका अनुसार नेपालको दुर दराजसम्म सडक पुग्न सकेको छैन ।

सडक नभएका क्षेत्रहरुमा हवाई सुविधा पुर्याइएको छ । कमजोर प्रशिक्षण र मौसमबारे जानकारी दिने पर्याप्त प्रविधिको अभावमा नेपालमा हवाई दुर्घटना धेरै हुने गरेको जनाइएको छ । समाचारमा यो पनि भनिएको छ कि नेपाली जहाजहरुलाई युरोपेली आकाशमा प्रतिवन्ध लगाइएको छ । नेपालले पटकपटक अनुरोध गर्दै आएको भए पनि इयुले नेपाललाई कालोसुचीबाट हटाएको छैन ।

गत वर्ष भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना मारिएको कुरालाई पनि एएपपीले विशेष महत्वको साथ लेखेको छ । यसरी विदेशी सञ्चारमाध्यमले समाचार राख्ने हो भने नेपालको पर्यटन प्रवृद्धन भन्दा पनि नकारात्मक असर पर्ने देखिएको छ । यस विषयमा सम्बन्धीत पक्ष चनाखो हुन आवश्यक देखिएको छ ।

सम्बन्धित खबरहरु