काठमाडौं । सरकारलाई दिएको सर्मथन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी नेपालले सरकार जनचाहना अनुकुल नभएको जनाएको छ । राजपा नेता राजकिशोर यादवले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउँनु भएको छ । नेता यादवले दुई तिहाई बहुमतको सरकारले पनि सोचेअनुसार काम गर्न नसकेकाले विरोधमा आन्दोलनमा जाने निर्णय लिइएको पनि स्पष्ट पार्नुभएको छ ।

उहाँले सरकार विरुद्धको आन्दोलनलाई परिणाममुखी बनाउन अन्य दलहरुसँग पनि सहकार्य गरेर अघि बढने योजना पनि अघि बढाएको बताउँनु भएको छ । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रको सुदृढिकरण हुने गरी आफ्नो कामलाई अघि बढाउन सरकारलाई सचेत गराउनु भएको छ ।

सम्बन्धित खबरहरु