काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै सरकारले नेपालको शिक्षा क्षेत्रमा ठुलो सुधारको अपेक्षा राखेको छ । प्रदेश २ सरकारले सामुदायिक विद्यालयमा न्यूनतम २ सय २० दिन पठनपाठन गर्न सुनिश्चितताका लागि स्थानीय तहलाई पत्राचार गरेको छ । विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउन सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयले प्रदेश २ का सबै स्थानीय तहलाई पत्राचार गरेको हो  ।

प्रदेश सरकारले स्थानीय बिदा पाँच दिनभन्दा बढी नराख्ने गरी शैक्षिक क्यालेन्डर तयार गरी प्रकाशन गर्न निर्देशनालयलाई आग्रह गरेको छ । गतवर्ष केही स्थानीय तह अधिकांशले शैक्षिक क्यालेन्डर प्रकाशन नगरेको पनि जनाइएको छ । प्रदेशभर एउटै शैक्षिक क्यालेन्डरअनुसार विद्यालय खुल्ने, पठनपाठन हुन्, बन्द हुने समय एकरुपता ल्याउनुपर्ने निर्देशनालयका निर्देशक रामाकान्त शर्माले बताए ।

शैक्षिक क्यालेन्डर निर्माण गर्दा विद्यालय खुल्ने, पढाइ हुने दिन, वर्षे, हिउँदे बिदा र स्थानीय विदा, अभिभावक भेला, छात्रवृत्ति वितरण, सामाजिक परीक्षण हुने दिन र विशेष शैक्षिक कार्यक्रम हुने दिन समेत खुलाउनुपर्ने बताउनुभयो । यसवर्ष सामाजिक विकास मन्त्रालयले शैक्षिक सत्र २०७६ सुरु भएपछि बैशाख महिनाभित्र विद्यालय उमेरका सवै वालवालिकालाई विद्यालय भर्ना गर्न आह्वान गरेको छ ।

सम्बन्धित खबरहरु