काठमाडौं । नेपाललाई लिएर चीन र अमेरिकाबिच सम्बन्ध राम्रो नभएको चर्चा हुने गरेको छ । यो बिचमा नेपालका लागि चिनियाँ राजदुत र अमेरिकी राजदुत आमुन्ने–सामुन्ने भएका छन् । अहिले विश्व राजनीतिमा अमेरिका र चीन प्रायः विपरित ध्रुवमा हुन्छन् । शक्तिको होडमा रहेका यी दुई देशले नेपालमा पनि भिन्नभिन्नै विचार राख्दै आएका छन् ।

अमेरिकाले नेपालमा चीनको लगानी बढ्दै जानु नेपालका लागि खत्तरा हुने बताउँदै आएको छ र उत्ता चीन भने नेपाल र चीन बिचको सम्बन्धलाई लिएर अमेरिकाले बोल्नु आवश्यक नभएको जनाउँदै आएको छ । अमेरिकी राजदूत र्‍यान्डी बेरी र चिनियाँ राजदूत होउ यानछी आज आमुन्ने–सामुन्ने भएका हुन् ।

दुई देशका कूटनीतिज्ञबीच कटुतापूर्ण अभिव्यक्ति सार्वजनिक भएको डेढ महिनापछि राजदूत बेरी र यानछी एउटै मञ्चमा देखिएका छन् । कर्णाली प्रदेशको भेरी–बबई डाइभर्सनको सुरूङ ब्रेकथुको कार्यक्रममा राजदूतद्वय एकै मन्चमा सँगै बसेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेर ब्रेकथ्रु गरेको उक्त सुरूङ चिनियाँ ठेकेरदारले कम्पनीले खनेको हो ।

सुरूङ खन्ने काम चिनियाँ कम्पनीले गरे पनि टनेल बोरिङ मेसिन (टिबिएन) अमेरिकी कम्पनीको हो । सुरूङ खन्ने ठेक्का पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले अमेरिकाको रोबिन्स कम्पनीबाट मेसिन किनेको थियो । उक्त मेसिनको मूल्य १ अर्ब ५० रूपैयाँ लागेको थियो ।

अमेरिकन प्रविधिको नेपालमा सफल परीक्षण भएकाले राजदूत बेरी ब्रेकथ्रु कार्यक्रममा सहभागी हुनु भएको हो । उक्त मेसिनले २ वर्षमा सक्ने लक्ष्य लिइएको सुरूङ खन्ने काम १ वर्ष पहिले नै सकेको छ । सबै काम एकसाथ नहुँदा समयमात्र बढेको छैन आयोजनाको लागत पनि दुई गुणा बढी भएको खुल्न आएको छ । सुरूमा १६ अर्बमा बनाउने भनिएको आयोजनाको लागत अहिले बढेर ३६ अर्ब पुगेको छ ।

सम्बन्धित खबरहरु