काठमाडौं । नेपालमा पोर्न र पब्जी बन्द भएपछि नेपालमा भन्दा भारतमा धेरै चर्चा भएको देखिएको छ । अहिले नेपालमा हुने हरेक समान्य कुराहरुको असर भारतीय जनतामा पनि देखिन थालेको छ ।

सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले पब्जी तथा पोर्न साइट बन्द गर्नु समाजिक उत्तरदायित्वको रुपमा देखा परेको बताउनु भएको छ । मंगलबार बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले समाजको सामाजस्यतामा नै खलल आएको कारण यस्ता साइटहरु बन्द गर्नु परेको बताउनु भएको छ ।

समाजको सहयोगी भवनामा समेत असर पुर्याउने गरी खेलिने यस्ता खेल वा साइटहरुले व्यक्तिको स्वतन्त्रता माथि कुनै अपराध नभएको उहाँले स्पष्ट पार्नुभयो । पछिल्लो समय यस्ता खेलले समाजलाई उदण्ड तर्फ उन्मूख गरेको भन्दै सरकारले यस्तो निति ल्याएका उहाँको दाबी गर्नुभएको छ ।

सम्बन्धित खबरहरु