काठमाडौं । विश्वमा अहिले आतंकवाद एकदमै ठुलो चुनौतीको रुपमा रहेको छ । अहिले विश्वमा आतंक मच्चाउँदै आएको इस्लामिक स्टेट (आईएस) समूह युरोपमा आक्रमण गर्न लागेको बताइएको छ । आज भन्दा चार वर्ष पहिले पेरिसमा गराएको आत्मघाती हमला दोहोर्याउन चाहेको खुल्न आएको छ ।

एक बेलायती अखबारले आफ्नो रिपोर्टमा यस्तो डरलाग्दो खुलासा गरेको हो । तपाईलाई जानकारी गराउँ पेरिसमा सन् २०१५ नोभेम्बरमा कन्सर्ट हल, स्टेडियमको बाहिर, रेस्टुरेण्ट र बारमा फायरिङ्ग र आत्मघाती विस्फोटको सिरिजमा परि झण्डै १ सय ३० जनाले ज्यान गुमाएका थिए ।

‘द सन्डे टाइम्स’ अखबारले आईएसले युरोप र मध्य एसियामा आतंकवादी हमलाको योजना बनाएको खुलाशा गरेपछि अहिले विश्वमा नयाँ डर उत्पन्न भएको छ । पेरिसमा जस्तै हमला दोहोर्याउनको लागि सक्रिय भएको आईएस अहिले योजना बनाइरहेको अखबारले बताएको छ ।

समाचारका अनुसार, यो वर्षको सुरुमा सिरियामा आईएसविरुद्ध निर्णायक लडाइँको दौरान उसका एक सदस्यको खल्तीबाट खसेको हार्ड ड्राइभमा युरोपमा हमला गर्ने पूरा योजना पाइएको थियो ।

आईएसको योजनामा बैंक लुटेर आर्थिक सहयोग जुटाउने, सीमावर्ती क्षेत्रमा आतंकवादी हमला गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई निशाना बनाउनु, आत्मघाती हमला गर्नु, भिडमा वाहन छोड्ने र कम्प्युटर ह्याक गर्नेजस्ता योजना रहेको समाचार एजेन्सीको दावा रहेको छ । एजेन्सी

 

सम्बन्धित खबरहरु