काठमाडौं । नेपाल वायुवेवा निगमको जहाजमा चरा ठोक्कीएको छ । मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको हो । विमान अवतरण गर्ने बेलामा पाङग्रामा चरा ठोक्किएको जनाइएको छ ।

[caption id="attachment_199955" align="alignnone" width="1600"]                                                       नमुना तस्वीर[/caption]

वायुसेवा निगमको आरए ४१६ जहाजमा बिहीबार बिहान साढे नौं बजेतिर चरा ठोक्किँएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङग्रामा चरा ठोक्किएको भए पनि कुनै क्षति नभएको कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु