१, मेषः जमीनसम्बन्धी कारोबार शुभ देखिएको छ । वैदेशिक रोजगारीको लागि अवसर जुट्नेछ । पढाइमा रुचि बढनेछ । पुरानो मित्रको आगमनले मन हर्षित होला । साताको कार्य सफल रहनेछ ।

२, वृषः केही शत्रु बाधाको योग बनेको छ । पुराना मित्रहरूको सहकार्यबाट खासै लाभ देखिंदैन । घरपरिवारमा माया र सदभाव बढ्नेछ । अग्रजको सल्लाहमा कार्य गरेमा सफलता मिल्ने योग छ ्र सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ ।

३, मिथुनः सामाजिक कार्यमा सहभागी भइनेछ । पश्चिम दिशाको यात्रा शुभ देखिन्छ । आफ†नो क्षेत्रमा कार्य गर्दा विचारले निर्णय लिनुहोला । विद्यार्थीहरूको लागि यो साता शुभ छ । सहयोगीबाट काम लिन सकिनेछ । पारिवारमा खुसी मिल्नेछ ।

४, कर्कटः विद्यार्थीका लागि अध्ययनशील समय रहेको छ । यात्रारत दिनचर्याबाट खुसी मिल्नेछ । सवारी साधनको क्रययोग रहेको छ । स्वक्षेत्रमा बाधा देखिएको छ, जसले केही दुःख भोग्नु पर्छ । स्थानान्तरणमा केही ढिलासुस्ती हुने देखिन्छ ।

५, सिंहः पारिवारिक सदस्यहरूबीच शुभ सम्बन्ध रहनेछ । सवारीको प्रयोगमा विशेष सावधानी अपनाउनु होला । साताको अन्त्यमा मानसिक तनाव बढ्ने देखिन्छ । घरपरिवारमा नयाँ शुभ कार्य सम्पन्न हुनेछ । उन्नतिको समय रहेको छ ।

६, कन्याः अध्ययनमा सफलता मिल्नेछ । सम्मान मिल्नेछ । परिवारमा सामान्य मनमुटाव उत्पन्न हुने योग रहेकोछ । कार्ययात्रामा सामान्य समस्याको सामना गर्नुपर्ने देखिन्छ । प्रेमीबाट सम्बन्धमा केही बाधा आउनसक्छ, विचार गर्नुहोला ।

७, तुलाः विद्यार्थीका लागि अध्ययनमा अवरोध पैदा हुने समय रहेको छ । अग्रजको सल्लाहमा काम गरेमा सफलता मिल्नेछ । वैदेशिक रोजगारबाट शुभ फल मिल्ने देखिन्छ । वैवाहिक जीवनमा सफलताको योग रहेको छ ।

८, वृश्चिकः गरिरहेको कार्यबाट सोचेअनुसारको फल मिल्नेछ । साथीभाइबाट आर्थिक सहयोग प्राप्त हुनेछ । वैदेशिक यात्राको योग बनेको छ । ढाडसम्बन्धी समस्याले सताउन सक्छ । प्रेममा धोकाको योग बने पनि वैविवाहिक सम्बन्ध शुभ रहेको छ ।

९, धनुः साझेदारीको व्यावसाय उत्ति लाभदायक देखिंदैन । यो साता सकेसम्म सवारीको प्रयोग नगर्नु नै उचित देखिन्छ । दाम्पत्य तथा पारिवारिक सम्बन्ध राम्रो छ । सामान्यतया आर्थिक व्ययभारमा केही वृद्धि हुनेछ ।

१०, मकरः जमीनसम्बन्धी कारोबारमा खर्च अधिक हुनेछ । साताको अन्त्यमा आथिर्क पक्ष केही मात्रामा सबल बन्नेछ । परिवारबाट सहयोग मिल्नेछ । विदेरमा रहेका स्वजनको दुख र अर्थव्यय हुने समय छ । प्रेम सम्बन्ध सामान्य रहेको छ ।

११, कुम्भः आफ्नै साथीहरूले काममा बाधा पुर्याउने छन् । पेटसम्बन्धी रोगले सताउन सक्छ, खानपानमा विशेष ध्यान पुर्याउनुहोला । विद्यार्थीका लागि अध्ययनशील समय रहेको छ । आत्मबल, जोस र जाँगरमा वृद्धि हुनेछ ।

१२, मीनः सानो काम लिन पनि अधिक मेहेनत गर्नुपर्ने देखिन्छ । आँखा तथा दाँतको समस्याले सताउन सक्छ । अध्ययनमा शुभ समय रहेको छ । विदेश यात्राको योग छ । सन्तान सुखको योग बनेको छ ।

सम्बन्धित खबरहरु