काठमाडौ । आज देशका विभिन्न ठाँउ अचानक रणभूमीमा परिणत भएका छन् । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशभरी नै धर्मनिरपेक्षता बिरुद्ध प्रर्दशन गरेपछि अधिकांश ठाँउमा नेपाल प्रहरीले हस्तक्षप गरेको छ । प्रहरी हस्तक्षपमा विभिन्न ठाँउमा झडप भएको खबर आएको छ ।

मकवानपुरको सिमा चोकमा भएको प्रर्दशनमा प्रहरीले लाठी प्रहार गरेको छ । प्रहरीको आक्रमणबाट जिल्लाका नेता कृष्ण बिडारी र कृष्ण खुलाल घाईते भएको मकवानपुर जिल्ला अध्यक्ष मधु अधिकारीले जानकारी दिए । यसैगरी धर्म निरपेक्षताका व्यानर प्लेकार्ड जलाउने आन्दोलनका क्रममा नै रूपन्देहीमापनि प्रहरीले हस्तक्षप गरेको छ । त्यहाँ निरपेक्षताको ब्यानर र प्ले–कार्ड जलेको छ ।

उक्त हस्तक्षपमा राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा सामान्य घाईते भएको जनाइएको छ । देशभरी नै भएको प्रदर्शनमा अधिकांश ठाँउमा प्रहरीले हस्तक्षप गरेको राप्रपाले जनाएको छ ।

सम्बन्धित खबरहरु