धादिङ । निलकण्ठ नगरपालिका–८ ससाह चौतारास्थित कालुपाण्डे राजमार्गमा धादिङवेशीबाट गजुरीतर्फ जादै गरेको बा. ४ ख ८६६७ नम्बरको बसले शुक्रबार बिहान सोही ठाउँ बस्ने ५० बर्षीय ज्ञान बहादुर दाहाललाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित फावा खोलामा सिरिजंगा गाउँपालिका–३ कुन्जरी बस्ने २१ वर्षीय अजय बोखिम शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन् । बिहीबार दिउसो माछा मार्न भनि घरबाट हिँडेकोमा घर फर्कि नआएपश्चात खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु