काठमाडौ । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ। आज नक्सालमा अवस्थित मेरियट होटलमा यो उत्पादन सार्वजनिक भएको छ ।

जल पाइप्स एण्ड फिटिङस अरिहान्तग्रुपको विजनेश युनिट हो । सार्वजनिकीकरण कार्यक्रममा उपस्थित हुनेहरुमा अरिहान्तग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर मनिषा कोइराला रहनुभएको थियो । उत्पादन सार्वजनिक कार्यक्रम भब्य समारोहकाबीच सम्पन्न भएको थियो जहाँ जापान सेकिसुईबाट समेत अतिथिको उपस्थित हुनुहुन्थ्यो ।

ब्राण्ड नाम र टयागलाइन अनाउन्स गरेर मनिषा कोइराला, गिरिस जैन, पारस लुनिया र जापानबाट आउनुभएका अतिथिले संयुक्त रुपमा उत्पादन सार्वजनिक गर्नुभएको थियो ।
जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिन्छ । उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ ।

जल पाइप्स एण्ड फिटिङसबारे बोल्दै जापान सेकिसुइका अतिथिले भन्नुभयोः जल पाइप्स एण्ड फिटिङस गुणस्तर र विश्वासको सङकेत हो, हाम्रो उदेश्य ग्राहकलाई उच्च गुणस्तर दिने र विश्वास लिने हो । त्यसैगरी जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर तथा अभिनेत्री मनिषा कोइरालाले भन्नुभयोः जल पाइप्स एण्ड फिटिङस जस्तो ब्राण्डको अंग हुन पाएकोमा म निकै खुशी छु ।

त्यस्तै कार्यक्रमबारे थप प्रष्ट पार्दै अरिहान्तग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले भन्नुभयोः अरिहान्त का धेरै क्षेत्रहरु छन् र हामी पाइप र फिटिङस क्षेत्रमा काम गर्न खोजीरहेका छौ । हामीले यो अवसर जल पाइप्स एण्ड फिटिङसबाट पाएका छौ । यसमार्फत हामी के अपेक्षा राख्दछौ भने हाम्रो अन्य उत्पादन जस्तै ग्राहकहरुले विश्वास गरी जल पाइप्सखरिद गर्नुहुनेछ । हामीले हाम्रा ग्राहकलाई धन्यबाद दिन चाहान्छौ जसका कारण हामी उहाँहरुका आवश्यकता पुरा गरि अघि बढीरहेका छौ ।

हंसराज जैनले अरिहान्तनामको कम्पनी खोल्नुभयो । त्यसपछि यो सफलता र विश्वासको यात्रा निरन्तर छ । अरिहान्त ग्रुप आज विभिन्न उत्पादन र सेवाको एक स्थापित व्यवसाय बनेको छ । सञ्चालनमा आएको चार दशकमा, यो ग्रुपले नयाँ उचाइ चुम्नुका साथै प्रतिस्पर्धामा अब्बल देखिएको छ । व्यवस्थापनको व्यवसायिक दुरदर्शिता र रणनैनिक उदेश्यले कम्पनीलाई देशका राम्रा कम्पनीको समुहमा पार्न सफल भएको छ । १ हजार भन्दा धेरै कर्मचारीहरु कम्पनीको कामप्रति लागिरहनुभएको छ । गिरिस जैन र पारस लुनिया कम्पनीको सफलताका मेरुदण्ड नै हुनुहुन्छ ।

ग्राहकको आवश्यकता र अपेक्षालाई पुरा गर्ने हिसाबले उत्पादन गर्ने र सेवा दिने अरिहान्त समूहको निती नै हो। किनभने यो समूहले उत्कृष्ट गुणस्तर र ग्राहक सेवाका लागि नाम कमाएको छ। शसक्त आर्थिक क्षमता र ब्यवशायीक रुचीका कारण आगामी दिनमा अरिहान्त समूहले निकै फड्को मार्ने निश्चित छ। अरिहान्त समूहका देशभर विभिन्न २२ वटा ब्यापारिक क्षेत्र ‘बिजनेस युनिट’मा संलग्न छ। अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उधोग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट तीमध्ये हुन् ।

 

सम्बन्धित खबरहरु