काठमाडौ । नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ ।

नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो । नेपाली विज्ञान ताथ प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को सहकार्यमा निर्मित भूउपग्रह बिहीबार राति २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो ।

अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल ए टिकेले भर्जिनियास्थित ‘मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट भूउपग्रह भएको यान प्रक्षेपण गरेको थियो । यो अन्तरिक्षमा रहेको भूउपग्रहले अब नेपालका अधिकांश वेवमा सहायता प्रदान गर्न थाल्नेछ ।

सम्बन्धित खबरहरु