काठमाडौ । आइपिएल क्रिकेटको रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकाता नाइटराइडर्समाथि रोमाञ्चक जित हात पारेको छ। शुक्रबार अबेर राति सकिएको खेलमा बैंग्लोरले कोलकातामाथि १० रनको जित हात पारेको हो।

पहिले ब्याटिङ गरेको बैंग्लोरले ४ विकेटको क्षतिमा २ सय १३ रन बनायो। बैंग्लोरका लागि कप्तान विराट कोहलीले १०० रन बनाए। उनले ५८ बलमा ९ चौका र ४ छक्का हिर्काए। मोइन अलीले २८ बलमा ५ चौका र ६ छक्का हिर्काउदै ६६ रन बटुले। मार्कोस स्टोइनिसले ८ बलमा नटआउट १७ रन जोड्दा बैंग्लोरले विशाल स्कोर खडा गर्यो।

२ सय १४ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ३ रन जोड्यो। खराब सुरुवात गरेपनि कोलकाताका मध्यक्रमका ब्याट्सम्यानद्यव नितिश राना र आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरेका थिए। रानाले नटआउट ८५ रन जोडे। उनले ४६ बलमा ९ चौका र ५ छक्का हिर्काए।

रसेलले अन्तिम ओभरमा रनआउट हुनुअघि २५ बलमा २ चौका र ९ छक्का हिर्काएर ६५ रन जोडेका थिए। अन्तिम ओभरमा २४ रन चाहिएको स्थितिमा रसेलले तर्स्रो बलमा छक्का हिर्काएका थिए। चौथो बलमा रन नलिएका रसेल पाँचौ बलमा कोहलीको रनआउटको शिकार बने। लिगमा कोलकाता ९ खेलबाट ८ अंक जोडेर छैटौं स्थानमा छ। पुछारको बैंग्लोरले दोस्रो जित हात पारेको हो।

सम्बन्धित खबरहरु