काठमाडौ । भारतीय न्यायलयमा भूईचालो गएको छ । प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेपछि त्यहाँ हंगामा भएको छ । गोगोईमाथि उनका पूर्व जुनियर असिस्टेन्टले नै यौन उत्पीडनको आरोप लगाएकी हुन् ।

शनिबार नै गोगाईको अध्यक्षमा अरुण मिश्रा र संजीव खन्नासहित तीन न्यायाधीशको बेञ्चमा यसबारे छलफल भएको छ । प्रधानन्यायाधीश गोगोईले भने न्यायपालिकाको स्वतन्त्रता गम्भिर खतरामा रहेको र आफूमाथि लागेको आरोप न्यायालयलाई अस्थिर बनाउने ‘ठूलो षड्यन्त्र’ भएको बताएका छन् । आफूमाथि यौन उत्पीडनको आरोप लगाउने महिलाको पछाडि ठूलो शक्ति रहेको उनको दाबी छ । उनको दाबी छ कि यदि न्यायाधीशले यस्तो स्थितिमा काम गर्नुपर्‍यो भने राम्रो मानिस यो अफिसमा आउने छैनन् ।

बीबीसी हिन्दीका अनुसार आरोप लगाउने महिलाले सुप्रिम कोर्टका २२ न्यायाधीशलाई एक चिठ्ठी पठाएकी छन्, जसमा गोगोईमाथि यौन उत्पीडन गरेको, यसमा सहमत नभएका कारण जागिरबाट हटाएको र त्यसपछि पनि आफू तथा आफ्नो परिवारलाई अनेक उत्पीडन गरेको आरोप लगाइएको छ । भारतको सुप्रिम कोर्टले प्रधानन्यायाधीशमाथि लागेको आरोपबारे रिपोर्टिङ गर्दा संयम र समझदारी कायम राख्न आग्रह गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सम्बन्धित खबरहरु