काठमाडौं । एभरेष्ट बैंकले वातावरण संरक्षण गर्न संस्थागत सामाजिक उत्तरदायीत्वको रुपमा विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको छ । एभरेष्ट बैंकले पृथ्वी दिवसको अवसरमा ललितपुर महानगरपालिकाले हरित अभियान सहकार्य गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत एभरेष्ट बैंकको सहकार्य र प्रगतीशिल धारा सुधार समितिको सयोजनमा कुपण्डोलदेखि लगनखेलसम्मको सडकका दुवै किनारमा विभिन्न प्रजातीका विरुवा रोपिएका छन् ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा पूल्चोकमा वृक्षरोपण गरेर हरित अभियानको थालनी गरेका हुन् । सफा र स्वच्छ वातावरण विकास गर्दै हरियाली प्रर्वद्धन र वायु प्रदुषण न्युनीकरण गर्न यस अभियानको थालनी गरिएको हो ।

वृक्षरोपण पश्चात बोल्दै एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले भन्नुभयो, “काठमाडौं उपत्यकाको वातावरणीय गुणस्तर खस्कदै गइरहेको छ । वातावरण स्वच्छ र सफा राख्नु र त्यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो ।

पृथ्वी दिवसको अवसरमा एभरेष्ट बैंकले महानगरसँग सहकार्य गरेरे सकारात्मक काम गर्न पाउँदा निकै खुसी लागेको छ । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत लाजिम्पाट, कुपण्डोल, पुल्चोक, लगनखेल लगायतका स्थानमा वृक्षरोपण कार्य गरिसकेको छ, पोखरामा प्रदुषण न्युनीकरण गर्ने शव दाह गृह निर्माण एवं विश्व सम्पदा सुचीमा रहेको लुम्बिनीमा पिउने पानीको व्यवस्था तथा अन्य स्थानमा सार्वजनिक शौचालय निर्माणमा पनि बैंकले सहयोग गर्दै आईरहेको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खबरहरु