काठमाडौं । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएकोे अटो मोबाइल ब्राण्ड एचएच बजाज, नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक हो । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम गुप्ता मोटर्स बाराको कलैयामा संचालनमा ल्याएको छ ।

एचएच बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।

यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले भन्नु भयो, ‘हामी बाराको कलैयामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं ।

ग्राहकहरुको बढ्दो मागका कारण हामीले बारामा नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै बाराका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।” एचएच बजाज देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

सम्बन्धित खबरहरु