राजा र हिन्दुराष्ट्रको माग लिएर सरकारसँग वार्ताको लागि तयार भयो राप्रपा !


काठमाडौं । लामो समय देखि राजा र हिन्दु राष्ट्र माग्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारसँग वार्ता गर्ने भएको छ । उसले वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

धर्मनिरपेक्षताको विरोधमा देशब्यापी आन्दोलन थालेको राप्रपालाई सरकारले वार्ताको लागि आह्वान गरे पछि टोली गठन गरेको जनाएको छ । राप्रपाले वरिष्ठ नेता दिपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापासहितको तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

सरकारले गरेको वार्ताको आह्वानलाई राप्रपाले सकारात्मक रुपमा लिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । गत फागुन ७ गते नेपाल सरकार समक्ष पेश गरेको २२ बुँदे मागका सम्बन्धमा वार्ता गर्न आइतबार सरकारका तर्फबाट कानुन मन्त्री भानुभक्त ढकालले राप्रपालाई पत्र लेखी बैशाख १० गतेका लागि वार्तामा बस्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा फाराम भर्ने समय थप गरिएकोबारे अत्यन्त जरुरी जानकारी
त्रिविले भर्खरै गर्यो नतिजा प्रकाशन [अनलाइन यसरी हेर्नुहोस्]
त्रिविले स्नातक तहका विद्यार्थीहरुका लागि जारी यस्तो जानकारी [सुचनासहित]
अंग्रेजी बोल्न गाह्रो हुन्छ भने यस्तो गर्नुहोस्
स्नातक तहको नतिजा प्रकाशित [अनलाइन यसरी हेर्नुहोस्]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर