काठमाडौं । नेपालकै ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा प्रदान गर्न ‘सेफ नेट’ सेवा उपलब्ध गराउने भएको छ । विगत २३ वर्ष देखी उच्च स्तरीय र भरपर्दो इन्टरनेट सेवा दिँदै आएको वल्र्डलिंकले केहि वर्षअघि रिटेल ग्राहकका लागि ‘सेफ नेट’ सुविधा उपलब्ध गराउँदै आएको थियो ।

उक्त सेवालाई अब विस्तार गरी कर्पोरेट ग्राहकका लागि पनि उक्त सेवा सुचारु गराएको छ । वल्र्डलिंकले रिटेल ग्राहकबाट आएको राम्रो प्रतिकृयालाई मध्यनजर गरेर यसलाई कर्पोरेट ग्राहकमाझ पनि ल्याइएको हो । कर्पोरेट भर्जनको ‘सेफ नेट’ सेवामा कन्टेन्ट फिल्टरिङ, फायरवाल, सेफ ब्राउजिङ, एन्टीभाइरस र समय व्यवास्थापन लगायतका सुरक्षा सुविधा उपलब्ध रहेको छ ।

यसको प्रयोगले इन्टरनेटको सहि सदुपयोग गरी कम्पनीको विकासमा मद्धत पु¥याउने विश्वास कम्पनीले लिएको छ । यो सेवा कम्पनीको भ्यालु एडेड सर्भिस अन्र्तगत पर्ने भएकाले यो सेवा वल्र्डलिंकका ग्राहकलेमात्रै प्रयोग गर्न सक्नेछन् ।

सम्बन्धित खबरहरु