काठमाडौ । चर्चित नेपाली अभिनेता नायक आर्यन सिग्देल पिता बनेका छन् । आर्यनलाई पुत्र लाभ भएको छ । गएको शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो भएको जनाइएको छ ।

विवाहको ५ औं वार्षीकउत्सवका दिन उनीहरुले छोरालाई जन्म दिएका छन् । आज भन्दा ५ वर्ष पहिला बैशाख ६ गते नै उनीहरु वैवाहिक जीवनमा बाँधिएका थिए ।

केही बर्ष प्रेममा रहेर आर्यन र सपनाले प्रेम विवाह गरेका थिए । आर्यनले केही समय अगाडि नै आ गर्भवती श्रीमतीसँगको केही फोटोहरु सार्वजनिक गर्दै नयाँ वर्षमा आफ्नो सन्तानले जन्म लिने खुलाएका थिए ।

सम्बन्धित खबरहरु