काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालीकाले शव बाहन खरीद गर्ने भएको छ । नगरकार्य पालीका सदस्यहरुको भ्रमण खर्चका लागि नगरपालीकाले छुट्याएको रु ५ लाख रकम भ्रमण गरी खर्च गर्नुको सट्टा जिल्लामा एउटा पनि शव बाहन साधन नभएको अवस्थामा जनप्रतिनिधीहरुले आफ्नो भ्रमणका लागि नगर पालीकाले दिएको ५ लाख शव बाहन खरीदमा खर्च गर्ने भएका हुन ।

नगर कार्यपालीकाको बैठकबाट जनप्रतिनिधीहरुको लागि छुट्या्रईएको भ्रमण खर्च रु ५ लाख र नगर पालीकाको रु ५ लाख लागतमा शव बाहन खरिद गर्ने नगर पालीकाले निर्णय गरेको लालबन्दी नगरपालीका वडा नम्बर ५ का वडा अध्यक्ष मोहनहरी भण्डारीले जानकारी दिनु भयो । वडा अध्यक्ष भण्डारीका अनुसार नगर पालीकामा ९१ जना जनप्रतिनिधीहरु रहेका र त्यसमध्ये नगर कार्यपालीकाका सदस्यहरु २७ जनाले आफ्नो भ्रमण खर्च शव बाहनमा खर्चीने भएका हुन ।

नगर पालीकाले आर्थीक वर्ष २०७५–०७६ को बजेटबाट रु ५ लाख कार्यपालीका सदस्यहरु र रु ५ लाख कर्मचारीहरुलाई भ्रमण खर्च बापत रकम छुट्याएको थियो भने कर्मचारीहरुले भ्रमण खर्च भ्रमणमा नै खर्च गरेका छन भने कार्यपालीका सदस्य जनप्रतिनिधहरुले शव बाहनमा प्रयोग गर्ने भएका हुन । कार्यपालीका सदस्य तथा वडा अधयक्ष भण्डारीको प्रस्तावमा सो कार्य भएको नगरपालीकाले जनाएको छ ।

नगरपालीकाका अनुसार असार सम्ममा शव बाहन खरिद गरी प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई हस्तान्तरण गरीने छ । जिल्लामा एउटा पनि सब बाहन नभएका अवस्थामा लालबन्दी नगरपालीकाले शव बाहन खरीद गर्दा शव बोक्न सहज हुने स्थानियबासीले अपेक्षा गरेका छन । शव बाहन नहुँदा स्थानिय साना सवारी साधनले शव बाहनको काम गरी रहेका थिए ।

सम्बन्धित खबरहरु