काठमाडौ । सामान्य रुपमा हेर्ने हो भने केटा मान्छेहरुले केटीलाई प्रेम प्रस्ताव गर्ने गर्दछन् । तर के हुन्छ जब प्रेम प्रस्ताव गर्न गएको मान्छे केटीको हातबाट पिटाइ खान्छन् । यस्तै, एक चर्चित भगवती खड्का (युनीका) पनि एक नाम हो ।

उनी नेपालकै पहिलो महिला रेस्लर हुन् । नेपालमा महिला रेस्लिङको शुरुवातलाई छिचोल्दै सम्भावना र बिकासका पाटाहरुलाई केलाउँदै अघि बढेकी यिनी नेपाल महिला रेस्लिङ फाउन्डेशनको अध्यक्ष पनि हुन् । काठमाडौंको शान्तिनगरमा रहेको कार्यालयबाट उनी आफ्नो कामलाई अघि बढाईरहेकी छिन् ।

अभ्यासको छोटो समयमै विदेशी रेस्लरसँग उनको भिडन्त परेको थियो । त्यहि खेलबाट उनी सबैमाझ चिनिइन् । त्यसपछि उनको यात्रा अनवरत चलिरहेको छ । शान्तिनगरको कार्यालयबाट थुप्रै युवतिहरुलाई तालिम दिईरहेकी उनको उदेश्य ७७ वटै जिल्लामा रेस्लिङ खेलाउनु हो ।

यतिबेला उनी धेरै लगानी लगाएर फोल्डिङसहितको रिङ निर्माणमा लागेकी छिन् । उनले यसका लागी आफ्नो बाईक, सुन लगायत आफ्नो निजी सम्पति समेत बेचेको सुनाएकी छिन् । रेस्लिङ खेल्न तालिम लिन आउने भर्खरका किशोरीहरु देख्दा उनको छाती गर्वले फुल्छ ।

नेपालमा महिला रेस्लिङलाई अझ व्यवसायीक बनाउँदै लैजाने काममा व्यस्त छिन् । उनले एक अनुभव साट्दै भदौ २५ मा उनआफ्नो जन्मदिनको अवसर पारेर उनकै जीवनमा आधारीत यस चलचित्रको शुभमुहुर्त गरिनेछ ।

भगवती अविवाहित हुन् । प्रेमप्रस्ताव थुप्रै आएपनि उनी अहिले प्रेम गर्ने वा विवाह गर्ने मुडमा छैनन् । अन्र्तवार्ताकै सिलसिलामा प्रेमका रमाईला किस्साहरु पनि सुनाईन् । उनी भन्छिन्, “मलाई यतिबेला आफ्नो करियर र सपनाको खुब माया लागीरहेको छ ।”

सम्बन्धित खबरहरु