काठमाडौ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु हुने कक्षा ११ र १२ को परीक्षा व्यवस्थित, भयरहित र मर्यादित बनाउन सबै सरोकारवालालाई निर्देशन दिएका छन् ।

आज एक विज्ञाप्ति जारी गर्दै शिक्षामन्त्री पोखरेलले सबै निकाय जिम्मेवार भएर हालै कक्षा १० को परीक्षामा देखिएका जस्तो अमर्यादित कार्य कुनै पनि हालतमा हुन नदिन राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुदे निर्देशन दिएको बताइएको छ ।

प्रदेश नम्बर २ का बिभिन्न जिल्लामा परीक्षा अगाबै प्रश्नपत्र आउट भएपछि सरकारको चर्को बिरोध भएको थियो ।

सम्बन्धित खबरहरु