काठमाडौं । नेपालमा जस्तै विदेशमा वस्ने नेपालीहरुमा पनि चुनावी रौनता छाएको छ । विदेशी माटोमा बसेर कर्म गर्दै आएका नेपालीहरुको प्रमुख चाड जस्तै मानिएको एनआरएनको चुनावी माहोल तात्तिदै गएको छ । यस क्षेत्रमा महिलाहरुको सहभागिता पनि बढ्दो क्रममा देखिएको छ ।

यो भिडमा चर्चित सञ्चारकर्मी दिक्षा वस्नेतको नाम पनि अग्रपंतीमा नै आउँछ । उहाँले एनआरएन अमेरिकाको महिला संयोजक पदमा आफ्नो उम्मेद्वादरी दर्ता गर्नु भएको छ । उहाँ अहिले प्रचारमा व्यस्त हुनुहुन्छ । उहाँ मात्रै नभई अहिले धेरै जना यस महाकुम्भमा भाग लिइरहेका छन् ।

एनआरएन जसले विदेशमा वस्ने नेपालीहरुको हकहितका सवालहरुका बारेमा कुरा गर्दै आएको छ । उहाँले आफुले अमेरिकामा वस्ने नेपालीहरुका हकहितका सवालहरुमा विशेष गरेर महिलाको सवालमा आफ्नो आवाज बुलन्द गर्ने जनाउँनु भएको छ । आज एक फेसबुक स्टाटस राख्दै उहाँले भन्नु भएको छ, ‘एनआएन अमेरिकाको चुनाव र मेरो उमेद्द्वारी १ सन् २०१५ देखी यो संस्थामा आबद्द रही संस्थाका

हरेक गतिबिधीसँग नजिकिएर सन २०१७ देखि २०१९ को कार्यकाल क्यालिफोर्निया च्याप्टरमा रहेर काम गरेको सबैलाई अबगतै छ । बिभिन्न राज्यमा पुगी सहभागीता जनाउंदै , संचारकर्मीका नाताले एनआरएन का मुद्धलाई लेखिरहे, अनि सस्थांको लागी सकेको समय व्यवस्थापन गरी हरेक राज्यमा भएका संस्थागत गतिबिधीमा सहभागी भएको पनि अबगतै छ । अब एकपटक पदमा रहेर काम गर्ने मौका यहाँहरुसँग माग्दैछु । अमेरिकाको महिला संयोजक उमेद्द्वारी दर्ता गराएको जानकारी गराउदैं सधैं यहाँहरुको साथ र सहयोगको प्रतिक्षामा छु ।’

उहाँले अगाडी थप्नु भएको छ, ‘प्रबास मा बस्ने गैर आबासिया नेपालिहरुको मुलुक सँगको सम्बन्धलाई पुलको भूमिका खेली मुलुक प्रतिको दायीत्व र कर्तब्यलाई निरन्तर जोड्न पहल गर्ने एक मात्र सस्था हो ।’ दिक्षा बस्नेतले आफ्नो उम्ेद्वारी दिनुमा ६० प्रतिशत योजना नेपालामा रहेका दुर्गम भेगका दिदिबहिनी र उनिहरुको शिक्षा र स्वास्थ्य शसक्तिकरण अनि समावेसिकरण र महिला सहभागीता अन्तर्गत पर्ने जनाउनु भएको छ । अमेरिकालाई कर्म थलो बनाए पनि जन्भुमी प्रतिको जिम्मेवारी र दायीत्व उहाको पहिलो खुड्किलो हुनेछ ।

सम्बन्धित खबरहरु