काठमाडौं । लामो समय देखि नेपालमा शिक्षक र सरकारबिच विवाद चल्दै आएको छ । यो बिचमा शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका अस्थायी शिक्षकले रोजगारी नखोस्न माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । अस्थायी र करार शिक्षक केन्द्रीय संघर्ष समितिले काठमाडौंको भद्रकालीदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन छ ।

सरकारले अस्थायी शिक्षकलाई एक पटक परीक्षाको मौका दिएर असफल भएकालाई सधैंलाई अवकाश दिने गरी शिक्षा ऐन संशोधन गरेको थियो । तर, १३ हजार शिक्षक परीक्षामा असफल भई अनिवार्य अवकाशको स्थितिमा पुगे पछि तनाव सुरु भएको छ । उनीहरुले आफूहरुलाई रोजगारीबाट विस्थापित गर्न नपाइने र पटक पटक आन्तरिक परीक्षा गरेर स्थायी गर्नुपर्ने माग गर्दै आएका छन् । प्रहरीले भद्रकालीमै हस्तक्षेप गर्न खोजेपछि प्रहरी र शिक्षकबिच झडप पनि भएको थियो ।

सम्बन्धित खबरहरु