काठमाडौं । भारतमा बाबाको रुप धारण गरेर हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधमा संलग्नहरुको कमि छैन । यस्तै एक नाम आध्यात्मिक गुरु आसाराम पनि हो । उनी बलात्कारीको रुपमा जेलमा सजाय काटिरहेका छन् । यो बिचमा उनका छोरा नारायण साईलाई गुजरातको एक अदालतले बलात्कारी मानेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सूरतको एक अदालतले नारायणलाई दोषी ठहर गरेको हो । उनलाई सजाय सुनाउन बाँकी नै छ । अदालतले यस मुद्दामा अप्रिल ३० मा सजाय सुनाइने बताएको छ । नारायण साईलाई सुरतको एक महिलासँग बलात्कारको मुद्धामा २०१३ मा गिरफ्तार गरिएको थियो ।

बलात्कार भोगेकी महिला र उनकी बहिनीले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए । उनलाई हरियाणाको पिपलीमा पक्राउ गरिएको थियो । महिलाले आफू सूरतमा रहेको आसाराम बापुको आश्रममा रहँदा नारायणले पटक–पटक यौन शोषण गरेको बताएकी थिइन् । एजेन्सी

सम्बन्धित खबरहरु