काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा पाकिस्तानको चहलपहल बढ्न थालेको छ । यो बिचमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले भेटलाई तिव्र बनाउनु भएको छ । उहाँले बुद्ध जन्मस्थल लुम्बिनी बौद्धमार्गीका लागि मात्रै नभएर सबैको श्रद्धास्थल भएको बताउनु भएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग आज मुख्यमन्त्री कार्यालय बुटवलमा भएको भेटवार्तामा राजदूत जावेदले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाउने थलो लुम्बिनी र बुद्धका सन्देशहरु नै भएको स्पष्ट पार्नुभएको छ । उहाँले नेपाल र पाकिस्तानबीच लामो कुटनीतिक सम्बन्ध रहेको बताउनु भएको छ ।

नेपाल–पाकिस्तान बिचको सम्बन्धमा कुनै समस्या नआएको उल्लेख गर्दै दुई देश बीच सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिनु भएको छ । भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको जानकारी गराउँदै पाकिस्तानी नागरिकलाई लुम्बिनी भ्रमणको निम्ता दिनु भएको छ ।

सम्बन्धित खबरहरु