काठमाडौं । विगतमा भएको १० वर्षे जनआन्दोलनको समयमा हजारौंको संख्यामा वेपत्ता भएका छन् । ‘मलाई हिजोका दिनहरु केही याद छैन । बुवा इन्डिया गएको केही दिनमा आमाले दोस्रो बिहे गरेपछि दिदी र म मात्र घरमा भयौँ । दाइ र भाइ कता थिए, सम्झना छैन ।’ तत्कालीन माओवादी बिद्रोहका समय करिब १७ वर्षअघि परिवारबाट बिछोड भएका काले उर्फ प्रताप सिंह घर्तीले भने ‘बुवा इन्डियाबाट आउँदा पनि घर नबसी कताकता जानुहुन्थ्यो । यस्तैमा दिदी मनमाया माओवादीमा लागिन ।

माओवादीमा लागेपछि दिदी कहिलेकाहीँ बन्दुक बोकेर घर आउन थाल्नुभयो । यस्तैमा एक दिन मलाई पनि आफुसँगै लैजानुभयो ।’ घर छाडेको केही समयपिछ माओवादीले नै मनमाया भिडन्तमा मारिएको भनेपछि आफू माओवादी छाडेर भागेको बताउँछन, प्रताप । ‘तेरी दिदी लडाइमा मरी भनिदिए । माओवादीले धेरै ठाउँ घुमाए । दुःख दिए ।

अति भए पछि भागेर हिडेँ,’ उनले भने । तर उनको दिदीका बारेमा यथार्थ जानकारी अहिलेसम्म पनि पाउन सकेका छैनन् । माओवादी छाडेर भागेपछि प्रतापले १७ वर्षजति निकै असहज जीवन बिताए । माओवादी शान्तिप्रकृयामा फर्किएको दशक बित्दा पनि उनी घर नफर्किएपछि कतिले उनको लडाइँमा परेर मृत्यु भइसकेको अन्दाज पनि लगाए । आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु