काठमाडौं । पछिल्लो समय धेरैको आर्कषणको रुपमा रहेको नेपाल खुला विश्वविद्यालयले अब आम सञ्चार विषयमा पठन पाठन गर्ने बताएको छ । सोमबार नेपाल प्रेस इन्स्टिच्यूट (एनपीआई) ले सहयोग गर्ने गरी दुई संस्था बिच सहमती भएको आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । दुबै संस्थाका प्रतिनिधि सम्मिलित विषय समिति निर्माण गर्ने र कोर्ष तय गर्ने सहमति पनि भइसकेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘इन्स्टिच्यूटले विश्वविद्यालयको नियम र प्रकृयाको अधिनमा रही कोर्ष सञ्चालनमा सहयोग पुर्याउने छु दुवै संस्थाका तर्फबाट श्रोत व्यक्ति, प्रविधि तथा अन्य भौतिक पूर्वाधारहरु इन्स्टिच्यूटले उपलब्ध गराउने छ ।’ यो सँगै अब आम सञ्चार अध्यन गर्न रुची भएका विद्यार्थीहरुलाई ठुलो राहत पुग्ने देखिएको छ ।

सम्बन्धित खबरहरु