काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा निलम्बनमा पर्नुभएको छ । एक युट्यूबमा च्यानलमा उहाँले केही दिन पहिले एक विवादास्पद अन्तरवार्ता दिनु भएको थियो । उक्त अन्तरवार्तालाई आधार मानेर लामालाई निलम्बन गरिएको बुझिएको छ ।

केही समयअघि एक युट्यूब च्यानलमा अन्तरवार्ता दिने क्रममा पाइलट लामाले आफू मानसिक तथा शारीरिक तनावमा रहने र राम्रोसँग निद्रा पनि नलाग्ने बताउनुभएको थियो ।

निगम भित्रका कुरा सार्वजनिक रुपमा बाहिर ल्याएको भन्दै उहाँलाई व्यवस्थापन पक्षले कारबाही गरेको हो । मिडियामा नेपाल वायुसेवा निगमको आन्तरिक विषय सार्वजनिक गरेको र यात्रुको सुरक्षामा ध्यान नदिएको भन्दै पाइलट लामाबारे छानबिन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले छानबिन समिति गठन गरेको थियो ।

पाइलट लामालाई प्रवक्ताको पदमा रहुञ्जेल जहाज नउडाउन र उहाँले अन्तर्राष्ट्रिय नागरिक उडड्यनसँग सम्बन्धित केही नियम नजानेकाले नियम सिकाउन पनि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित खबरहरु