सर्लाही । सर्लाहीमा दुनियाँ चकित हुने घटना भएको छ । ५ दिन वेपत्ता भएका एक वृद्धलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ५ घुर्कौलीका ५५ वर्षिय सानुमान जिम्मबा लाई नेपाल प्रहरी शसस्त्र प्रहरी रणशेर गणका सेना र स्थानियले झण्डै ४० फिट गहिरो सुख्खा इनार भित्रबाट उद्धार गरेको इलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरिक्षक पुरुषोष्त्तम कार्कीले वताउनु भयो ।

जिम्बा ५ दिन देखि हराइरहेका थिए । हराएपछि उनका परिवारले इलाका प्रहरी कार्यलय हरिवनमा वृद्धको खोजिका लागि निवेदन समेत दिएका थिए । तर आज सोही ठाउका स्थानिय बालबालिकाहरु खेल्ने क्रममा घर देखि केहि पर रहेको ४० फिट गहिरो इनार भित्र मानिस देखेपछि गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउने वितिकै प्रहरीले जिम्बालाई इनारबाट सकुशल उद्धार गरेको हो । अहिले उनको हरिवन स्थित नमुना अस्पतालमा उपचार भैरहेको भएतापनि र उनको अवस्था खतरामुक्त रहेको अस्पताले जनाएको छ ।

यता सर्लाहीका दुई स्थानिय तह बाल बिबाह रोक्न अग्रसर देखिएको छ । सर्लाहीका दुई स्थानीय तह गोडैता नगरपालिका र चन्द्रनगर गाउपालिकाले बाल बिबाह गर्न रोक लगाएको छ ।

यसरी बाल बिबाह गर्नेलाई कानुन बनाएर कार्वाही गर्ने भनेपछि केहीले छोराछोरीलाई छिमेकी मुलुक भारतमा गएर बिबाह गरिदिने गरेका छन । गाउपालिकाले २० वर्ष भन्दा कम उमेरमा बिबाह गरे बाल बिबाह अन्तर्गत मुद्दा चलाउने तयारी गरेपछि केटीका आफ्नतले भारतमा र्पुयाएर धमाधम बिबाह गर्न थालेको गोडैता नगरपालिकाका प्रमुख देबेन्द्र कुमार रायले बताए ।

नगरपालिकाले बाल बिबाह रोक्न आवश्यक कानुन बनाएर अभियान संचालन गरेपछि केटीका आफ्नतले सितामाढी र्पुयाएर बिहे गर्न थालेकाले बाल बिबाह रोक्ने अभियान संचालन समस्या परेको उनले बताए । नगरपालिकाको १२ वटै वडामा बालबिवाह अन्त्य गर्न नगरका उप प्रमुख अन्जना कुशवाहाको संयोजकत्वमा केही सामाजिक संस्थासगको सहकार्यमा नगर स्तरीय बाल संरक्षण समितिको गठन गरिएको उप प्रमुख कुशवाहाले बताईन् ।

नगरमा अभियान संचालन भएपछि अहिलेसम्म सातवटा बालबिवाहको घटना रोकिएको उने बताईन । बाल बिबाह रोक्न स्थानीय तहले उपयुुक्त कामको थालनी गरेकाले बाल बिबाह अनत्यको लागि प्रशासनले सक्दो पहल गर्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।

सम्बन्धित खबरहरु