काठमाडौं । सडक खन्नको लागि प्रयोग हुँदै आएको स्काभेटर नदीमा खसेको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा आज स्काभेटर कर्णाली नदीमा खसेको हो । खार्पुनाथ–५ स्थित कर्णाली नदीको घुम्ने भिर नजिकैबाट स्काभेटर खसेको जनाइएको छ ।

स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको सोही गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिनुभयो । स्काभेटर नदीमा डुबेकाले निकाल्न नसकिएको पनि उहाँले जानकारी दिनुभयो । चालक बुढाको छाती, मेरुदण्ड र टाउकोमा चोट लागेको जनाइएको छ ।

सम्बन्धित खबरहरु