जताततै उग्र बनेको हावाहुरीले कहाँ–कहाँ मच्याउँदैछ आतंक, सचेत रहन विशेष सूचना


काठमाडौं । केही समय पहिले तराईमा आतंक मच्चाएको हवा हिमाली जिल्ला डोल्पामा पुगेको छ । डोल्पामा तीब्र गतिमा चलेको हावाहुरीका कारण एक विद्यालयमा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ ।

हावाहुरीले ठुलीभेरी नगरपालिका ७ मा पर्ने आदर्श माध्यमिक विद्यालय जुफालको ११ कोठे भवनको जस्तापाता उडाएको हो । मंगलबार दिउँसो २ बजेर १५ मिनेटतिर लागेको हावाहुरीका कारण विद्यालयको ११ वटा कोठा पूर्ण रुपमा क्षति भएको र यसबाट एक करोड ५० लाख बराबरको नोक्सान भएको प्राचार्य पूर्ण डाँगीले जानकारी दिनुभयो ।

भिषण हावाहुरी आएर विद्यालयको छाना उडाए पनि मानवीय क्षति भने भएको छैन । डोल्पामा अहिले पनि भिषण हावाहुरी जारी रहेकाले स्थानीयमा त्रास बढेको छ । छाना उडाएका कोठाहरूमा कक्षा ११ र १२ को परीक्षा सञ्चालन भइरहे पनि अन्य प्राविधिक शिक्षा पढाइ हुने कक्षा कोठा खाली गरेर भए पनि परीक्षा सञ्चालन गरिने भएकाले परीक्षा प्रभावित नहुने बताइएको छ । यता मौसमबारे नायाँ जानकारी आएको छ ।

बैशाख १७ गते (मंगलबार) राति: देशका पहाडी भेगमा मौसम आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ, पश्चिम र मध्यका तराईका भूभाग सामान्यतया सफा रहने र बांकि भू-भागमा मौसम आंसिक बदलि रहनेछ।

बैशाख १८ गते (बुधबार) : दिउँसोः देशको पहाडि भेगमा सामान्य बदली रहि बांकि भू(भागमा मौसम आंशिक बदलि रहनेछ। पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ्र

राति : देशको पहाडि भेगमा सामान्य बदली रहि बांकि भू-भागमा मौसम आंशिक बदलि रहनेछ। पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ्र साथै पूर्वी तराई भेगका एक-दुई स्थानमा सामान्य हुरीरबतास चल्ने सम्भावना छ ्र

बैशाख १९ गते (विहिबार) दिउँसोः देशको पहाडि भेगमा सामान्य बदली रहि बांकि भू-भागमा मौसम आंशिक बदलि रहनेछ। पूर्वी तथा पश्चिमी पहाडी भेगका केहि स्थानहरु र मध्यमध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ्र

राति : देशको पहाडि भेगमा सामान्य बदली रहि बांकि भू-भागमा मौसम आंशिक बदलि रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ्र यस्तै, भारतमा अबको केही दिन मौसम खराख हुने जनाइएको छ ।

विभागका अनुसार यो तुफान अहिले बंगालको खाड़ीको दक्षिण–पूर्व र दक्षिण–पश्चिम सँगै उत्तर–पश्चिम तिर १६ किमी प्रतिघण्टाको रफ्तारमा चलिरहेको छ । अबको ३६ घण्टामा यसको तिव्रता बढ्ने विभागको अनुमान रहेको छ । भोली बेलुकासम्म यो उत्तर–पश्चिम हुँदै ओडिशा प्रवेश गर्ने जनाइएको छ । विभागले बताए अनुसार केरल, तमिलनाडुको उत्तरी तट र आन्ध्रप्रदेशको दक्षिणी तटमा अबको २४ घण्टामा भारी वर्षा हुन सक्ने देखिएको छ ।

विभाग मछुआरा९माछा मार्ने मान्छे०लाई सल्लाह दिएको छ । विभागले ३ मे सम्म बंगालको खाड़ीको दक्षिण–पूर्व क्षेत्रमा माछा मार्नको नजान भनेको छ । बंगालको खाड़ीको पश्चिमी केन्द्रमा भोली देखि तीन दिनसम्म , उत्तर–पश्चिम क्षेत्रमा मे २ देखि ४ मे सम्म समुन्द्र भयावह बन्ने विज्ञहरुले जनाएका छन् । यसको असर ओडिशाको तटीय क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।

३ र ४ मे मा आन्ध्रप्रदेशको धेरै क्षेत्रहरुमा भारी वर्षाको सम्भावना रहेको छ । ओडिशा सरकारले ४ तटीय जिल्लामा सबै सरकारी अधिकारीहरुलाई विदामा नवस्न चेताएको छ । सरकारको तर्फबाट कुनै पनि विपत्तको सामना गर्न तयार हुन भनिएको छ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन
त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दै
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता