राष्ट्रिय टीमका कप्तान बिराट नेतृत्वको टीम बैंग्लोर आईपीएलबाट आउट


काठमाडौ । भारतिय राष्ट्रिय क्रिकेट टीमका कप्तान बिराट कोहलीको कप्तानीमा रहेको टीम रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा नपुग्दै बाहिरीएको छ ।

पछिल्लो खेलमा पानी परेपछि रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सले अंक बाँडेपछि रोयल च्यालेन्जर्स बैंग्लोर बाहिरिएको हो । बेंगलुरुमा भएको खेलमा पटक पटक वर्षा भएपछि खेल रद्द भएसँगै दुबै टिमले एक–एक अंक बाँडेका हुन् ।

अंक बाँडेसँगै राजस्थान रोयल्सलाई भने नराम्ररी घाटा लागेको हो । प्ले अफमा पुग्ने आफ्नो सम्भावनालाई कायमै राख्न यो खेलमा राजस्थानलाई स्पष्ट जितको आवश्यकता थियो । तर यसो हुन सकेन ।

१३ खेलबाट ५ खेलमा जित र सात खेलमा हार तथा एक खेलमा भने वर्षाको कारण अंक बाँडेको राजस्थान ११ अंकका साथ लिगको पाँचौं स्थानमा छ । प्लेअफमा पुग्ने झिनो सम्भावना कायमै रहेपनि अब निकै कठिन बनेको छ ।

बैंग्लोर भने जारी आईपीएलबाट बाहिरिएको छ । १३ खेलबाट ८ खेलमा हार, चार खेलमा जित र एक खेल भने वर्षाको कारण अंक बाँडेकाले उसको ९ अंक मात्रै छ । वर्षाको कारण ५ ओभरमा छोट्याइएको खेलमा बेंग्लोरले राजस्थानलाई ६३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको राजस्थानले ३।२ ओभरमा एक विकेटको क्षतिमा ४१ रन बनाउँदा पुनः वर्षा भएपछि खेल नतिजा विहीन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा स्नातक तहको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तहको नतिजा सार्वजनिक : एसएमएसबाट यसरी नतिजा चेक गर्नुहोस्
स्नातकोत्तर तहको नतिजा प्रकाशित : मोबाईल एसएमएसबाट यसरी हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले परीक्षाबारे निर्णय लिने
स्थगित परीक्षा संचालन गर्ने त्रिविको अन्तिम तयारी : अनलाइन वा सामाजिक दूरी कुन उपयुक्त ?
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता