काठमाडौं । नेपाली समाजमा यौन समस्यालाई दबाएर राख्ने चलन छ । यो आफैंमा गलत कुरा भएको जानकारहरु बताउँछन् । कुनै पनि व्यक्तिको भविष्यसँग जोडिएको यस्ता विषयहरुमा मानिसहरुले खुलेर कुरा गर्न आवश्यक हुन्छ ।

अझ दम्पतीहरुले त यस्ता कुराहरुको बारेमा जानकारी लिन आवश्यक नैं हुन्छ । दिगो र सुन्दर सम्बन्धका लागि श्रीमान र श्रीमतीका बिचमा यस्ता कुराहरुमा विमेल हुनु हुँदैन । यदी यस्तो समस्याले उग्र रुप लिएमा सम्बन्ध विच्छेदसम्मको अवस्था आउँन सक्छ ।

अहिले नेपालमा यौनका विषयमा किशोरावस्थामा हुने यौन समस्याका बारेमा कुरा गर्नका लागि विभिन्न कार्यक्रमहरु तयार भएका छन् । यस्तै एक आम समस्या र समाधान सहित हामीले एक यौन समस्याको बारेमा कुरा गर्न गइरहेका छौं ।

नमस्कार म काभ्रेको बनेपाबाट रीता लामा बोल्दैछु । म अहिले २३ वर्षकी भए मेरा श्रीमान २८ वर्षको हुनुभयो । हाम्रो एक सन्तान छ तर मेरो श्रीमानलाई अहिले यौन सम्पर्क गर्न मन लाग्दैन । मलाई इच्छा भएको समयमा पनि उहाँको लिंग उत्तेजित हुँदैन ।

मेरो श्रीमानलाई पहिले यौन उत्तेजना हुन्थ्यो तर अहिले कण्डम लगाउँन थालेपछि उहाँको लिंगमा बिमिराजस्तो देखिएको छ । मैंले पहिले परिवार नियोजन (इमपलान्ट) गरेकी हुँ तर अहिले हामीलाई अर्को सन्तान चाहिएको छ तर के गर्ने समस्या भयो ? मैले उहाँको लिंग खेलाउने लगायतका सम्पुर्ण कसरत गर्दा पनि उहाँको लिंग उत्तेजित हुँदैन ।

डा. सुबोध कुमार पोखरेलः उहाँले भन्नुभयो उहाँको श्रीमानको लिंगमा बिमिरा जस्तो खटिराहरु देखिएको छ । सबैभन्दा पहिलो कुरा त उहाँले श्रीमतीले इमपलान्ट गरेपछि कण्डम लगाउनु पर्ने आवश्यक्ता थिएन । उहाँले कण्डम प्रयोग गर्दा उहाँको लिंगमा समस्या देखिन आयो जसले गर्दा उहाँलाई मानसिक तनाव भएको हुनुपर्छ ।

अर्को पक्ष भनेको उहाँ शाररीक रुपमा कमजोर हुनु भएको पनि हुन सक्छ् । उहाँको पुरुष हार्मोनमा कमि भएको हुन सक्छ । यौनसम्पर्क दुई जना बिचको मानसिक र शाररीक तालमेलमा हुने कुरा हो । मलाई के लाग्छ भने उहाँको श्रीमान मानसिक र शाररीक रुपमा आफुलाई कमजोर महसुस गरिरहनु भएको छ ।

अर्को महत्वपुर्ण कुरा के भने, यदी कुनै पनि व्यक्ति अधिक मात्रामा रक्सी, चुरोट लगायतका लागुऔषध प्रयोग गरिरहेको छ भने पनि यस्तो खालको समस्या देखा पर्दछ । उहाँको श्रीमानलाई कस्तो अनुभव हुन्छ जब उहाँ यौनसम्पर्कको लागि तयारी गर्नुहुन्छ भन्ने कुरा खुलेको छैन ।

यदी त्यो कुरा खुल्न सकेको भए समाधान पनि सहज हुनथ्यो तर मैले के भन्छु भने माथि भनिएका मध्य उहाँमा कुनै कारण भएमा त्यसलाई नियन्त्रण गर्न प्रर्यत्न गर्न आवश्यक छ । उहाँले मानसिक तथा शाररीक रुपमा कमजोर भएको महसुस गर्नुहुन्छ भने त्यसलाई हटाउनुपर्दछ ।

अर्को लागुऔषध सेवनको लत छ भने त्यसलाई पनि हटाउन आवश्यक छ । यस्तो कुरामा समाजमा नयाँ समस्या उत्पन्न गर्न सक्छ । सामान्यतया श्रीमानले श्रीमतीसँग सम्बन्ध राख्न नचाहेको खण्डमा बाहिर अर्कैसँग सम्बन्धमा पो बसेको छ कि भन्ने संका पनि हुन्छ ।

उहाँलाई म के भन्छु भने तपाईहरु दुवै जना एकपटक चिकित्सकको सल्लाह लिएर अगाडी बढ्नुहोस् । यसलाई भिडियोमा हेर्न सक्नुहुनेछ ।

सम्बन्धित खबरहरु