काठमाडौ । जनमत पार्टीका संयोजक डा. सिके राउतले विद्यार्थीहरुलाई निश्चित लक्ष्य लिएर अगाडी बढ्न अनुरोध गर्नुभएको छ । आज त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका विद्यार्थीहरुसँग साक्षात्कार गर्दै राउतले यस्तो बताउनु भएको छ । उहाँले सम्पतीले पढाईमा कुनै अर्थ नराख्ने भन्दै लक्ष्य पुरा गर्नको लागि लागिपरेमा सफलता पाइने जनाउनु भएको छ ।

सम्यक परिवर्तनमा युवा नेतृत्व सम्भावना र भुमिका विषयमा भएको अन्तरक्रिया कार्यक्रम अडिटोरियम हलमा भएको छ । उहाँले परिवर्तन युवाबाट मात्रै सम्भव भएको भन्दै यस क्षेत्रमा लाग्न युवाहरुलाई उकासेका छन् । उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो,‘यदी एक शिक्षीत युवा राजनीतिमा आउँन चाँहदैन भने उसले आफुभन्दा कमजोर व्यक्तिको अधिनमा रहनुपर्छ ।’

उहाँले सामाजिक विषयहरुमा युवाहरुले बोल्नुपर्ने जनाउनु भएको छ । उहाँले शिक्षीत व्यक्तिहरुको निष्कृयताको कारण खुल्लामञ्च लगायतका सरकारी संरचना व्यक्तिका नाममा गएको जनाउनु भएको छ । उहाँले गलत कुराको आवाज जोडदार रुपमा राख्नुपर्ने जनाउनु भएको छ ।

अहिलेको युवा पुस्ता सामाजिक सञ्जालमा अधिक व्यस्त रहने भएका हुनाले सामाजिक क्षेत्रमा योगदान दिने कुरामा पछाडी पर्दै गएको पनि जनाउनु भएको छ । उहाँले समाजमा विद्यमान रहेको दाईजो, छाउपडी, बालबिवाह, छुवाछुत भ्रष्टाचारका विषयमा पनि युवाहरुलाई आवाज उठाउन अनुरोध गर्नुभएको छ ।

देशको समृद्धिका लागि कुनै एकजना व्यक्ति मात्रै धनी भएर नहुने भन्दै समान विकास आजको आवश्य भएको उहाँले स्पष्ट पार्नुभएको छ । उहाँले नेपालको सामाजिक परिवर्तनका लागि एनजीयो, आइएनजीयोहरुले कुनै प्रगति गर्न नसकेको समेत आरोप लगाउनु भएको छ ।

उहाँले त्रिविका विद्यार्थीहरुलाई सामाजिक विषयहरुमा विद्यार्थीहरुले छलफल गर्नुपर्ने र समाधानका लागि पहल गर्नुपर्ने पनि उहाँले जानकारी गराउँनु भएको छ ।

सम्बन्धित खबरहरु