काठमाडौं । पछिल्लो समय विज्ञान र प्रविधिका क्षेत्रमा चीनले गरेको विकास विश्वकै लागि ठुलो उदाहारण बन्न सक्छ । अहिले सर्वाधिक ठूलो उड्डयन बजार बन्न लागेको चीनले पछिल्लो एक दशकयता आफ्नै जहाजहरु निर्माण गरिरहेको छ ।

यो क्षेत्रमा पश्चिमा उत्पादकको दबदबा कमजोर गराउनु उसको लक्ष्य हो । सँगसँगै उसले कमर्सियल एयरक्राफ्ट कर्पोरेसन (कोम्याक) मार्फत निर्माण गरेका जहाज आलोचित पनि बनिरहेका छन् ।

चीनले बनाएका जेट विमानले निकट भविष्यमै बोइङ र एयरबसलाई टक्कर दिने अनुमान गरिएको छ । विज्ञहरु केसम्म भन्छन् भने समयक्रममा सरकारी सहयोगको कोम्याकले यो क्षेत्रका सम्पूर्ण स्थापित खेलाडीहरुलाई चुनौती दिने देखिएको छ । एजेन्सी

सम्बन्धित खबरहरु