काठमाडौ । अभिनेत्री श्वेता खड्काको शल्यक्रिया मार्फत गर्धनबाट ट्युमर निकालिएको छ । उहाँको दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालमा शल्यक्रिया गरिएको सामाजीक सञ्जालमा जानकारि दिनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा आफुसँग जीन्दगीले दोस्रो पटक खेल खेलेको भन्दै भाबुक पोस्ट गनुभएको छ । साथै उहाँको शल्यक्रिया सफल भएको जानकारी दिनुभएको छ ।
फिल्म ‘हेलो जिन्दगी’ को सुटिङका लागि लण्डनमा भएको बेला स्वास्थ्यमा खराबी देखिएपछि उहाँलाई अचानक दिल्ली पुर्याइएको थियो ।

लण्डन उड्नु अघि घाँटी र चिउँडो वरिपरि दुखेर अस्पताल जाँदा ‘ट्युमर हो र त्यसलाई केही समयपछि निकाले हुन्छ, अहिलेका लागि खासै ठूलो समस्या होइन’ भनेपछि ढुक्क भएर लण्डन गएको उहाँले बताउनुभएको छ ।

तर अचानक स्वास्थ्यमा खराबी देखिएपछि तत्कालै शल्यक्रिया गर्नुपर्ने डाक्टरको सल्लाहमा आफू दिल्ली पुगेको फेसबुक स्टेटसमा जानकारी दिनुभएको छ । उहाँका अनुसार, ‘लण्डनमा केही दिनको सुटिङपछि एकाएक मलाई घाँटी र चिउँडोमा निकै पीडा हुनथाल्यो, ज्वरो पनि बेस्सरी आयो ।

मलाई तत्काल दिल्ली लगियो । डा.सुरेन्द्र कुमार दबासले ‘रोबोटिक सर्जरी’ गर्नुभयो । नेपालबाट डा. पंकजले सबै व्यवस्था मिलाइदिएपछि शल्यक्रिया सफल भयोको उक्त पोस्टमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबरहरु