काठमाडौं । आमाको महिमा जति शब्दमा ब्यक्त गरेपनि त्यो अपुरो नै हुन्छ । संसारमा आमा भन्दा ठूलो कोही छैन । यो अधिकांशको आत्माले बोल्छ । यो यति पवित्र र सम्मानित सम्बन्ध हो जो बिना सजिवको अस्तित्व सम्भव छैन ।

बरु बिज्ञानले कुनै पुरुषको शुक्रकिट खरिद गरेर आमाको कोखमा राखेर बच्चाको जन्मदिन सक्ने प्रविधि ल्याईसकेको छ । तर आमाको कोखविना परिकल्पना समेत गरेको छैन । यसैले विभिन्न ग्रन्थलेपनि बाबुभन्दापनि माथी आमालाई स्थान दिएको छ । यसैले आमाको सम्मान गर्ने दिन भनेर मातातिर्थ औशी आउँदैछ ।

तर यो दिनमा मात्र हैन हरेक क्षणमा आमाको माया र सम्मान गर्न हरेक सपुतमा जरुरी छ । नेपालमा पनि आमाहरुले निकै ठुलो सफलता पाएका छन् । विशेष गरे ग्रामिण क्षेत्रमा जहाँ महिलाहरुले पुरुष बराबरको नै काम गर्छन । नेपालको बढ्दो बेरोजगारीले अहिले पनि नेपाली गाउँहरु पुरुष बिहीनजस्तै भएका छन् ।

गाउँमा भएका मध्य धेरै त विदेश गएका छन बाँकी भएकाहरु पनि अध्ययन वा अन्य बहाना बनाएर शहर पसेका छन् । घरको सम्पुर्ण जिम्मेवारी लिएर बसेका नारीहरुले कुटो, कोदालो देखि लिएर हलोसम्म जोत्न थालेका छन् ।

अहिले त मान्छे मर्दा मलामी जाने देखि लिएर विवाहको समयमा जन्ती भएर जाने महिलाहरुको पनि ठुलो जमात रहेको छ । यसरी हेर्दा हाम्रो समाज चाहेर भन्दा पनि वाध्यताले फेरिदैं गएको छ ।

अहिले मानिसहरुमा विस्तारै स्वार्थ देखिदैं जान थालेका हुनाले गाउँमा पनि अचेल पहिलेको जस्तो सहयोगी स्वभाव भएका मानिस पाउँन गाह्रो हुन थालेको छ । यो बिचमा हर कसैलाई आफैं स्वालम्बी बन्नु परेको छ ।

यस्ता केही तस्वीरहरु कहिलेकाँही सार्वजनिक हुन्छन जसलाई हेरेर हामी गर्व गर्न सक्छौं । आमाहरुको सम्मानमा सेयर गरौँ ।

सम्बन्धित खबरहरु