काठमाडौं । भारतमा केही राज्यहरुमा ठुलो आतंक मच्चाउँदै आएको बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले पूर्वको थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यसको प्रभाव विस्तारै बढ्दै जाने देखिएको छ । महाशाखाका अनुसार यो चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, केरल, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा पनि असर गर्ने देखिएको छ । चक्रवात फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविद्ले सुझाव दिएका छन् ।

यस्तै अहिले रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारिरहेको प्रणाली पनि पूर्वतिर सरिरहेको महाशाखाले भनेको छ । आज देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद् विभूति पोख्रेलले बताउनुभयो । उहाँका अनुसार पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानीसँगै स्थानीय वायुको प्रभावले हुरीबतास, चट्याङसहित हिमपात हुने सम्भावना छ ।

फानीको प्रभाव पर्सि दिउँसोसम्म नै पर्ने देखिएको मौसमविद्को अनुमान रहेको छ । फानी पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले आज र भोलि देशभरिकै मौसम खुल्ने सम्भावना कम छ । यस्तो छ फनी मौसम पूर्वानुमान महाशाखाको विशेष सूचना

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/२० देखि २०७६/०१/२२) देशभरि सामान्य देखि पुर्ण बदली रही पुर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमी भु-भागका थोरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ | उच्च पहाडी र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात हुने संभावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/१९ देखि २०७६/०१/२१) देशको पुर्वी भु-भाग लागायत मध्य र पश्चिमी पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली रहनेछ। देशका पुर्वी र मध्यका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा मेघ गर्जन, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ |

अपडेट : चक्रवात “फानी”; जारी समय: १९ गते बिहिबार बैशाख २०७६, ०९:३० बजे चक्रवात “फानी” हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित छ र बिस्तारै उत्तर-पूर्वी दिशातर्फ बढिरहेको छ | भोलि (शुक्रबार) बाट यो प्रणाली ओड़ीसा को तटीय क्षेत्र मा भित्रिने (Landfall) सम्भावना देखिन्छ | Landfall पश्चात यो प्रणाली फेरी उत्तर- पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/१९ देखि २०७६/०१/२१) देशको पश्चिमी भु-भाग र पुर्वी भु-भाग लागायत मध्य पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली रहनेछ। पश्चिमी भूभाग साथै पुर्बी भु-भागका केहि स्थानमा र मध्य पहाडी भु-भागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ |

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०१/१८ देखि २०७६/०१/२०) देशको पश्चिमी भु-भाग लगायात मध्य र पुर्वका पहाडी भु-भागमा आंसिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंसिक बदली रहनेछ। पश्चिमी भूभाग साथै पुर्बी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ |

सम्बन्धित खबरहरु