नयाँ दिल्ली । अचानक भएको प्रहरी इन्काउन्टरमा तीन जना मारिएका छन् । दक्षिण कश्मीरको शोपियामा आज भएको आक्रमणमा तीन जना मारिएका हुन् । आक्रमणमा मारिएकाहरुमध्यमा बुरहानका अन्तिम हिजबुल कमान्डर लतीफ टाइगर पनि भएको प्रहरीले जनाएको छ ।

[caption id="" align="aligncenter" width="1200"] नमुना तस्वीर[/caption]

टाइगर यो संगठनका अन्तिम कमान्डर भएको प्रहरीले दावा गरेको छ यो भन्दा पहिले ९ जना मारिएका थिए । आज अबेर प्रहरीलाई शोपियाको इमाम क्षेत्रमा आक्रमणकारी लुकेर बसेको विशेष सुचना प्राप्त भएको थियो ।

विशेष सुचनाको आधारमा प्रहरीले खोजिकार्य तिव्र बनाउँदै गएपछि दुई पक्ष बिच गोली हानाहान भएको हो । दोहोर गोली हानाहानमा प्रहरीमाथि स्थानीयले ढुंगा प्रहार गरेको पनि प्रहरीले जनाएको छ ।

स्थानीयहरुले आक्रमण गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिनको लागि रबरको बन्दुक चलाएको थियो जसमा दुई जना नागरिक सामान्य घाइते भएका छन् । यो अप्रसनको बारेमा कसैलाई जानकारी नहोस् भनेर त्यस क्षेत्रको इन्टरनेट सेवा वन्द गराएको पनि प्रहरीले जानकारी गराएको छ ।

 

मर्नेहरु अन्य २ जनाको नाम खुलेको छैन । आक्रमणकारीहरुको साथबाट केही युद्धक सामाग्रि पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । यस क्षेत्रमा प्रहरी र आक्रमणकारीका बिचमा लामो समयदेखि युद्ध हुँदै आएको छ । एजेन्सी

सम्बन्धित खबरहरु