काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाहै नपाई प्रधानमन्त्रीबाट योजना आयोगमा पत्र पुगेपछि योजना आयोगका पदाधिकारी मात्र हैन प्रधानमन्त्री स्वयं चकित हुनुभएको छ । सचिवालयले राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्रीबाट भन्दै पत्र लेखेको खुलासा भएको छ । तर त्यो प्रधानमन्त्रीलाई थाहै नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आज बिज्ञप्ती जारी गरी सचिवालयले भुलवस प्रधानमन्त्री ओलीको जानकारीबिनै योजना आयोगमा पत्र पठाएको प्रष्ट पार्नुभएको हो ।

आफ्नो सचिवालयको लेटरप्याड प्रयोग गरेर राष्ट्रिय योजना आयोगलाई पत्रचार गरिएकोमा प्रधानमन्त्री ओली आश्चार्यचकित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले आज विज्ञप्तिमार्फत खुलासा गर्नुभएको हो । झापा क्षेत्र नम्बर ५ का योजनाहरु आगामी बजेटमा समावेश गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले राष्ट्रिय योजना आयोगलाई पत्र पठाएको थियो । तर, यो पत्रबारे स्वयं प्रधानमन्त्री ओली जानकार नभएको अर्यालले बताउनु भयो ।

प्रधानमन्त्रीको सचिवालयले लेटर प्याडमा प्रमको चुनाव क्षेत्रका आयोजनाहरुको सूची योजना आयोगमा पठाएको पत्र सार्वजनिक भएपछि अर्यालले बिज्ञप्तीमार्फत सो जानकारी गराउनु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले यो पत्र निजी सचिवालयले प्रधानमन्त्रीलाई जानकारी नदिई भूलबश योजना आयोगमा पठाएको बताउनु भएको छ ।

सांसद सम्पर्क कार्यालय (झापा) मा संकलन गरिएको आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशन बेगर निजी सचिवालयबाट ‘भूलबश’ योजना आयोगमा पठाइएको अर्यालले जारी गर्नुभएको बिज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री स्वयं योजना आयोगको अध्यक्ष रहेकाले यो यो आयोजना समाजेश गरिदिनु भनेर पत्र लेख्ने वा निर्देशन नदिइने उहाँको भनाई छ । ‘मिडियामा प्रचारित त्यस पत्रको कुनै सान्दर्भिकता नरहेको वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु,’ बिज्ञप्तीमा भनिएको छ ।बिज्ञप्तीमा सो घटनाबारे प्रधानमन्त्री ओली आश्चर्यचकित र दुःखी भएको उल्लेख छ ।

सम्बन्धित खबरहरु