काठमाडौं । केही दिनदेखि चर्चामा रहेको नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकताको विषय टुंगोमा पुगेको छ । आज उनीहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

शनिबार नयाँ शक्तिको कार्यालय बबरमहलमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले सहमति पत्रमा हस्ताक्षर गरेपछि एकताले औपचारिकता पाएको हो ।

एकिकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमती भएको जनाइएको छ । नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, शोषणको अन्त्य गर्न पार्टीले भुमिका खेल्न पनि उल्लेख गरिएको छ ।

पार्टीको पहिलो बरियतामा बाबुराम भट्टराई र दोस्रोमा उपेन्द्र यादव रहने पनि विशेष स्रोतले बताएको छ । संघीय परिषदको अध्यक्षता भट्टराई र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने आन्तरिक सहमति भएको छ ।

एकिकृत पार्टीले सरकारलाई संविधान संशोधनको लागि अल्टिमेटम दिने र माग पुरा नभए संघीय समाजवादी फोरमले सरकार छाड्ने पनि सहमति भएको छ । तपाईलाई जानकारी गराउँ यादव अहिले नेपाल सरकारमा स्वास्थ्यमन्त्रीको पदमा हुनुहुन्छ ।

सम्बन्धित खबरहरु