मुम्बई । लामो समय देखि चर्चामा रहेका बलिउड अभिनेता अक्षय कुमारको राष्ट्रियता विवाद समाधान भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तरवार्ता लिएपछि उनको चर्चा चुलिएको हो । अहिले अक्षय सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनी नागरिकताको विषयलाई लिएर सामाजिक सञ्जालमा विवादित बनेका छन् ।

नागरिकताको विषयलाई लिएर विवादित भएपछि उनले त्यसबारे प्रतिकृया दिएका छन् । हालै भारतमा जारी संसदीय निर्वाचनमा उनले मतदान नगरेपछि उनको नागरिकता सम्बन्धि वहस सुरु भएको हो ।

मतदानमा सहभागी नभएपछि सामाजिक सञ्जालमा उनको नागरिकता सम्बन्धि प्रश्न उठाइएको छ । हालै पत्रकारले लोक–सभा निर्वाचनमा मतदान नगर्नुको कारणबारे जिज्ञासा राख्दा उनले त्यसै टारेका थिए ।

त्यसैले पनि उनको अहिले बढी आलोचना भइरहेको छ । सो प्रश्न अक्षय कुमारले पन्छाउन खोजिरहेका थिए । उक्त सम्बादको भिडियो अहिले भारतीय मिडियामा व्यापक ट्रोल भइरहेको छ । मतदान नगर्नुको कारणमा विवाद बढ्दै गएपछि अक्षयले ट्वीटरमार्फत स्पष्टिकरण दिएका छन् ।

ट्वीटमा अक्षय कुमारले लेखेका छन, ‘मेरो नागरिकतामाथि यति धेरै रुची लिदैँ नकारात्मकता किन फैलाईंदैछ भनेर मलाई थाहा छैन । मसँग क्यानडाको पासपोर्ट छ भनेर मैले कहिले लुकाइन ।’

अक्षयले थप लेखेका छन, ‘तर फेरि विगत ७ वर्षमा म क्यानडा नगएको पनि साँचो हो । म भारतमा काम गर्छु र म भारतमै कर तिर्छु । यी वर्षहरुमा मैले कहिले पनि भारतप्रतिको मेरो प्रेमलाई प्रमाणित गर्नु परेको थिएन ।

मेरो नागरिकताको मुद्दालाई अनावश्यक विवादमा तानिदाँ मलाई नराम्रो लागेको छ ।’ केही दिन पहिले अक्षय कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ६७ मिनेट लामो अन्तरवार्ता समेत लिएका थिए । उक्त अन्तरवार्ता पनि भारतीय मिडियामा भाइरल भईरहेको छ । एजेन्सी

सम्बन्धित खबरहरु