एभरेष्ट बैंकका ग्राहकलाई धुलिखेल माउन्टेन रिजर्टमा १० प्रतिशत छुट


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र विशेष प्याकेजहरुको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिजर्टसँग साझेदारी गरेको छ ।

काठमाडौं उपत्यकाको भिड–भाडबाट भाग्न खोजिरहेका पर्यटकहरुका लागि धुलिखेल माउन्टेन रिजर्ट प्राकृतिक र सांस्कृतिक रुपले भरिपूर्ण गन्तव्य हो जुन टिबेटियन बोर्डरका लागि रोकिने स्टप पोइन्ट हो ।

एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिजर्टबीच हस्ताक्षर भएको एमओयूका अनुसार ग्राहकहरुले आवास, स्पा र सेवाहरु तथा रेस्टुरेन्ट र बार सेवाहरुमा १०  प्रतिशत छुट पाउँनेछन् ।

सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर छुट प्राप्त गर्न सक्नेछन् । “सर्भिस विथ स्माईल” नारासहित एभरेष्ट बैंक सदैव ग्राहकहरुको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आईरहेको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले भर्खरै जारी गर्यो अत्यन्तै महत्वपुर्ण जानकारी [सुचनासहित]
स्नातक तह (BA, BBS र B.Ed) भर्ना सम्बन्धि सूचना: त्रिभुवन विश्वविद्यालय
नर्स, फार्मेसी, सि.एम.ए, अ.न.मीको भर्ना तथा शुल्क सम्बन्धी अत्यन्त जरुरी सूचना
M.B.S. दोस्रो बर्षको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तह पहिलो र चौथो सेमेस्टरको परीक्षा बारे अति जरुरी सूचना [सूचनासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर